८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

स्ववियु निर्वाचन सुरु, आर आर क्याम्पसमा भने तालाबन्दी


प्रकाशित: मंगलवार, ५ चैत्र २०८१, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको निर्वाचन सुरु भएको छ । 


आज मंगलवार स्ववियु नेतृत्व चयनका लागि मतदान सुरु भएको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार काठमाडौंसँगै धरान, नेपालगन्ज, पोखरा, पाल्पालगायतका क्याम्पसहरुमा पनि मतदान सुरु भएको छ । 


काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनन अन्तिम चरणमा आएर स्थगित भएको छ ।


निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गरेको बताएका छन् ।


राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीको समूहले निर्वाचनमा भाग लिएका छन । 


मतदानका लागि आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ ।


अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिवलगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन्‌ ।


विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा ८ चैत र पद्मकन्या बहुमुखी क्याम्पसमा ७ चैतमा मात्र निर्वाचन हुने भएको छ ।


स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । २०७३ सालदेखि मिश्रित प्रणालीमा आधारित निर्वाचनको थालनी भएको हो भने उम्मेदवारको उमेरहद २८ वर्ष कायम गरिएको छ ।


यसअघि ५ चैत २०७९ मा ५० आंगिक र ३ सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका थिए ।

 

तस्वीरः रासस

 

18  March 2025, Tuesday

asteriskhubs
Home Page Bottom Second


maharjan complex