२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

स्वर्गीय पत्रकार श्रेष्ठको निर्वाण कामना गर्दै मरणानुस्मृति पाठ


प्रकाशित: शनिवार, ७ बैशाख २०७५, २०ः०० बजे
- महानगरखवर

ललितपुर । मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको सल्लाहकार एवं आजिवन सदस्य स्वर्गीय पुष्करलाल श्रेष्ठको निर्वाण कामना गर्दै बौद्ध परम्परा अनुसार शनिबार गुणानुस्मरण र श्रद्धाञ्जली अर्पण गरिएको छ ।


ललितपुर –१३ नख्खुस्थित केन्द्रमा आयोजित एक भेलामा नेपाल समाचारपत्रका प्रधान सम्पादक समेत रहनुभएका श्रेष्ठको बौद्ध परम्परा अनुसार जरा (बुढ्यौली) ब्याधि, मृत्यूबाट अलग रहेको निर्वाण सुखको कामना गरिएको हो ।


केन्द्रका अध्यक्ष पुष्परत्न शाक्यले केन्द्रको स्थापना गर्दा देखि स्वर्गीय श्रेष्ठले निर्वाह गर्नुभएको सक्रिय भूमिकालाई स्मरण गर्दै मरणानुस्मृतिको पाठ राखिएको जानकारी दिनुभयो । त्यसपछि भिक्षु धर्मसामीले मरणानुस्मृति पाठ गर्नुभयो । भिक्षुसंगै उपस्थिति सबैले प्रार्थना गर्दै मरणानुस्मृति पाठ गरेका थिए । 


कुनै व्यक्तिको निधनपछि निर्वाण कामना गर्दै सो सुत्र पाठ गर्ने परम्परा नेपाल लगायत भारत, श्रीलंका, म्यानमार, थाईल्याण्ड लगायत देशमा रहेको छ । सो सुत्र भगवान बुद्धले दिनुभएको उपदेशलाई पालिमा (२५ सय वर्षअघिको भारतको मगधमा अत्यधिक प्रचलित मागधि भाषा) रहेको छ । मृत्यूलाई जीवनको शाश्वत सत्यको रुपमा व्याख्या गर्दै मृत्यू हुनेप्रति पूण्य चढाउने र मृत्यूको बोध गराउने सो सुत्रको मुख्य भाव हुन् ।


यस अघि बैठकले केन्द्रलाई अघि बढाउन स्वर्गीय श्रेष्ठले पत्रकारिता र व्यक्तिगत रुपमा निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै शोक प्रस्ताव पारित गरिएको केन्द्रका सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो । सो अवसरमा केन्द्रका उपाध्यक्ष रामकाजी अवाले, महासचिव सुनील महर्जन, कोषाध्यक्ष रामकृष्ण महर्जन, कार्यकारिणी सदस्य जयराम ताम्रकार, अनिल महर्जनसंगै, विहारका जग्गादाता दशलाल डंगोल, धम्महल एवं बुद्धमूर्ति दाता तीर्थ शाक्य र ध्यान अभ्यासमा संलग्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


उपस्थिति हुनेहरुमा बर्मा (म्यानमार) का ध्यान गुरु भिक्षु प्रज्ञाश्रीको देशनालाई केन्द्रबिन्दुमा राखेर ध्यान आचार्य स्वर्गीय दोलेन्द्ररत्न शाक्यले शुरुआत गर्नुभएका नियमित धम्म साकच्छामा लामो समयदेखि सक्रिय व्यक्तिहरु पनि रहेका छन् ।


दशलाल डंगोल र उहा“की श्रीमती राममाया महर्जन तीन छोरा क्रमशः राम, रामकृष्ण र रत्न महर्जनको सहमतिमा केन्द्र निर्माणको लागि १ रोपनी १ आना जग्गा तीन वर्षअघि भिक्षुसंघलाई दान दिनुभएको थियो । स्वर्गीय श्रेष्ठले सो जग्गामा २०७३ चैत्र २ गते भएको केन्द्रको भवन शिलान्यास कार्यक्रम सफल गराउनदेखि केन्द्रको हरेक कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।


यसैबीच अखिल नेपाल भिक्षुमहासंघका महासचिव भिक्षु कौण्डन्यले आवाजविहीन आवाज बन्नुपर्ने पत्रकारिताको मुलभुत मान्यताको पालनामा सदवै निष्ठावान रहनुभएका स्वर्गीय श्रेष्ठको निधनले सबैको आवाजलाई पत्रकारिता समेटिने दिशामा अपूरणीय क्षति भएको बताउनुभएको छ । स्वर्गीय श्रेष्ठको शोक पुस्तिकामा भिक्षु कौण्डन्यले भन्नुभयो ‘स्वर्गीय श्रेष्ठको सुगतिको कामना गर्दै निर्वाण कामना गर्दैछौं  ।’

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika