२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

स्वर्गीय पत्रकार विक्रम शाक्यको परिवारलाई एक लाख प्रदान


प्रकाशित: मंगलवार, २ मंसिर २०७७, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ ।


शनिबार दबूले पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको आयोजना गरी सहयोग स्वरुप सो रकम दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य र कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले संयुक्त रुपमा स्वर्गीय शाक्यका पत्नी धनलक्ष्मी शाक्यलाई हस्तान्तरण गरेका हुन । 


नेपाल भाषाका अग्रज सञ्चारकर्मी स्वर्गीय शाक्यले भाषा, साहित्य, संस्कृति र लिपिको विकासको लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष बज्राचार्यले भने ‘ उहाँको निधनले छापा र रेडियो पत्रकारितामा उतिकै दखल भएको मातृभाषाका एक प्रतिभाशाली पत्रकार मुलुकले गुमाउनुपरेको छ ।’


पत्रकारितासंगै समाजमा राम्ररी भिजेर काम गर्ने शाक्यको सामाजिक सीप, सहयोगी भावना र व्यक्तित्व बारे चर्चा गर्दै अध्यक्ष बज्राचार्यले भने ‘जोकोहीलाई पनि मर्दापर्दा दिलोज्यान दिएर सहयोग गर्ने उहाँको स्वभावले पत्रकारिता पेशालाई अझ प्रतिष्ठित बनाएको अनुभव गरेको छु ।’


दबूका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जनले शुरुमा साहित्य, संस्कृति र मनोरञ्जनात्मक गतिविधिमा केन्द्रीत नेपाल भाषाको रेडियो सञ्चारमाध्यमलाई राजनीतिक, समसामयिक विषयमा बहस छलफल चलाउने स्तरसम्म विकास गर्न शाक्यले निर्वाह गर्नुभएको भूमिका उल्लेखनीय रहेको धारणा राखे । 


कार्यक्रम संयोजक एवं केन्द्रका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जनताको सूसुचित हुने हकको लागि अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरु गम्भीर बिरामी वा समस्या परेको बेला पत्रकार राष्ट्रिय दबूले अक्षयकोष स्थापना गरी र विभिन्न सहयोगी र शुभेच्छुकहरुको सहयोग पाएर यथोचित सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आएको बताए । 


सभामा पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले विक्रम शाक्यले ललितपुरका विविध गतिविधिलाई सञ्चारसंग जोड्ने कार्यसंगै भाषिक समानता, जातीय समानताको लागि पत्रकारिता मार्फत योगदान पु¥याउनु पैरवी पत्रकारिताको एउटा बलियो नजिर रहेको धारणा राखे । 


एक जना श्रमजीवी पत्रकारले पेशागत दायित्व अन्तर्गत राजनीतिक सचेता, भाषिक समानताको लागि कलम चलाउने संगै सामाजिक भावना, अधिकारको लागि संघर्ष गर्ने कार्यमा समर्पित गर्नु सामान्य नरहेको बताउँदै महासचिव महर्जनले भने ‘ उहाँको समग्र योगदानलाई लिपिबद्ध गर्नुपर्ने खाँचो छ , ताकि उहाँको जीवनीबाट वर्तमान पुस्ता र नयाँ पुस्ताका पत्रकारहरुलाई सधै प्रेरित गरिरहूँन । ’


स्वर्गीय शाक्यका पत्नी धनलक्ष्मी शाक्यले दुःखड घडीमा धैर्य बढाउन साथ, सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । 


सो अवसरमा उहाँका छोरा लुःज शाक्यको पनि उपस्थिति रहेको थियो । झण्डै तीन दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील शाक्यको ४९ वर्षको निधनमा गत असोज १५ गते बिहीबार निधन भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex