काठमाडौँ । स्वयम्भू स्तुप परिसरका विनाशकारी भूकम्पले भत्किएका घर पुननिर्माण सम्पन्न भएको छ ।
शुक्रवार स्वयम्भू पुननिर्माण समिति एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले पत्रकार सम्मेलन गरेर पुननिर्माण गरिएको १७ वटा घर बैशाख १३ गते घरधनीलाई हस्तान्तरण गर्ने जानकारी दिएका छन ।
अध्यक्ष डंगोलले भने ‘स्वयम्भूका पुजारीका रुपमा सदियौँदेखि बस्दै आएका वुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) को पुननिर्माण २ बर्षमा सकिएको छ ।
काठमाडौं महानगरपालिकामा पहिलो पल्ट यसरी एकिकरण गरेर (हाउस पुलिङ) प्रणालीबाट निर्माण गरिएको अध्यक्ष डंगोलले जानकारी दिँदै भने
‘पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको यी घरहरुको किनबेच हुँदैन । केवल पुस्ताहरुमा हक हस्तान्तरण मात्र हुन्छ ।’
करिब १७ करोडको लागत अनुमान गरिएको यी घरहरु १३ करोड ५२ लाख रुपैयाँमा पुननिर्माण सम्पन्न हुने चरणमा पुगेको हो ।
३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले व्यहोरेका छन । यसका लागि वडा र कर्मराज महाविहारविच सम्झौता गरिएको थियो । पुननिर्माणको काम २०७५ पुस ३० गते थालनी गरिएको थियो ।
Categorized in सम्पदा/संस्कृति