२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

स्वयम्भू सांस्कृतिक महोत्सव भोलीबाट सुरु


प्रकाशित: मंगलवार, १५ पुष २०७६, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव बुधवारदेखि सुरु हुने भएको छ ।


काठमाडौं महानगर प्रवक्ता एंव १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले मंगलवार आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिएका छन । 


बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकताको उजागर गर्नका सथै पर्यटन प्रबर्धन गर्ने उद्देश्यले साताव्यापी महोत्सवको आयोजना गरिएको प्रवक्ता डंगोलले बताए । 


प्रवक्ता डंगोलले महोत्सवमा स्थानीयको विशेष सहभागिता हुने तथा कार्यक्रममा विभिन्न सांस्कृतिक, पहिचान झल्किने खालका प्रस्तुती समेत हुने जानकारी दिए ।


उक्त महोत्सव समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन हुने भएकोले समाजमा शान्ति सुरक्षा, घरेल हिंसा, यौन हिंसाजस्ता सामाजिक अपराधका क्षेत्रमा सचेतना फैलाउने कार्यक्रम समेत रहेको प्रवक्ता डंगोलले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । 
कार्यक्रममा परम्परागत समूहको साथै नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको सांस्कृतिक प्रस्तुति हुनेछ ।


महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी ले यसप्रकारका कार्यक्रमबाट समुदायसँगको सम्बन्ध अझ नजिक हुने र जनतासँग नजिक बसेर काम गर्न सकिने आशा व्यक्त गरे । 


कार्यक्रम बुधवार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता र महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा आयोजना हुने औपचारिक समारोहबाट हुनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex