२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

स्वयम्भू सम्पदा बचाउन जुटे अभियान्ताहरु


प्रकाशित: आईतवार, १४ मंसिर २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले सडक विस्तारको क्रममा विश्व सम्पदामा सूचीकृत स्वयम्भू परिसरका केही भागहरु भत्कने भएपछि अभियान्ताहरु सो विरोधमा एक जुट भएका छन । 


दोस्रो चरणको चक्रपथको कलंकीदेखि चावहिलसम्मको सडक विस्तारको क्रममा स्वयम्भू परिसरको सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुप (साङ्गे तोङ्कु) समेत भत्काइने भएपछि अभियन्ताहरू आक्रोशित भएकाक छन । 


स्वयम्भूजस्तो धार्मिक–सांस्कृतिक सम्पदालाई सम्मान नगरेर सडक बिस्तारको नाममा मिच्न खोजिएपछि आईतवार बौद्ध समुदायले पत्रकार सम्मेलन गरेर सो कार्यको विरोध गरेका छन । 


पत्रकार सम्मेलनमा उनीहरुले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 


अभियानले मंसिर २० गते स्वयम्भु, बौद्ध र लुम्बिनीमा दीप प्रज्वलन र २७ मंसिरमा स्वयम्भु परिसरमा शान्तिपूर्ण मौन ‍¥याली गर्ने भएको छ । त्यसैगरी, प्रधानमन्त्री, संस्कृति मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सडक विभाग, काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, युनेस्को लगायतलाई ज्ञापनपत्र बुझाउने र मंसिर महिनाभरी हस्ताक्षर अभियान सञ्चालन गर्न लागेको अभियानका संयोजक आचार्य नुर्बु शेर्पा शेर्पाले जानकारी दिए ।


संयोजक शेर्पाल पत्रकार सम्मेलनमा विश्वसम्पदा क्षत्रेका ऐतिहासिक–धार्मिक धरोहरलाई जथाभावी भत्काउने, पुनः निर्माण गर्ने गराउने कार्य आफैंमा अन्तर्राष्ट्रिय सिद्धान्त, ऐन, मूल्य–मान्यता र भावनाविपरित कार्य  भएको वताएको छ ।  


विकासका गतिविधि गर्दा धार्मिक–सांस्कृतिक–ऐतिहासिक सम्पदालाई क्षति नपुर्‍याएर गर्नुपर्ने शेपाले बताए । 


५ मंसिरमा स्वयम्भुस्थित मनाङ समाज सेवाको गुम्बामा बसेको विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक संघसंस्था, गोन्पा, गुठीको भेलाले स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियान’ गठन गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex