७ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

स्वयम्भू र हनुमानढोका जोड्ने ‘सम्पदा पदमार्ग’ गुरुयोजना सार्वजनिक


प्रकाशित: विहिवार, ५ बैशाख २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । विश्व सम्पदा स्वयम्भू र विश्व सम्पदा हनुमानढोका जोड्ेन चर्चित ‘सम्पदा पदमार्ग’ को गुरुयोजना एक बृहत कार्यक्रविच सार्वजनिक गरिएको छ । 


काठमाडौं महानगरको सम्पदा तथा पर्यटन समितिले विहिवार एक बृहत ¥यालीको आयोजना गरी ‘सम्पदा पदमार्ग’ गुरुयोजना र सो सम्बन्धी मोवाईल एपको सार्वजनिक गरेको हो ।

 
विहान स्वयम्भूको भुइँखेलबाट निकालिएको ¥याली बिष्णुमती नदी पार गर्दै, नरदेवी, ढोकाटोल हुँदै मरुगणेशबाट हनुमानढोका पुगेको थियो ।


बिश्व सम्पदा दिवस २०१९ को सन्दर्भ पारेर महानगर क्षेत्रभित्रका ४ वटा बिश्व सम्पदामध्ये २२ सय मिटरदुरीमा रहेका रहेको ‘सम्पदा पदमार्ग’ बृहत गुरुयोजना ल्याएको हो । 


यस अवसरमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले हाम्रो संस्कृतिको जीवन्तलाई सम्पदा पदमार्गले झनै अनुमप बनाउने विश्वास व्यक्त गरेका छन । 


उनले सम्पदालाई पर्यटनसँग जोड्दा स्थानीय जीविकोपार्जनमा सुधार हुनका साथै सम्पदा संरक्षण र व्यवस्थापन कार्य स्थानीयको दैनिकीसँग पनि जोडिने अपेक्षा राखेका छन ।


यस क्षेत्रका स्थानीयहरु परम्परादेखि तिथि, मिति र साइतमा तन्त्र, मन्त्र, साधना तथा सामाजिक जीवनमा आधारित कला प्रदर्शन गर्दै आएका छन ।  


समारोहमा संघीय संसद सदस्य जीवनराम, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, सहरी योजना आयोगकी सहायक बिज्ञ रजिता शाक्य उदास लगायतले आ–आफ्नो महत्वपूर्ण भनाई राखेका थिए । 


सम्पदा पदमार्ग अन्तर्गत मौलिक कला संस्कार तथा संस्कृतिको प्रवर्धन गर्ने, हस्तकला, खानपानजस्ता स्थानीय सम्भावनालाई आयमा रुपान्तरण गर्ने काम गुरुयोजनामा समेटिएका छन । 


सम्पदा पदयात्राको कार्यान्वयनसँगै स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन, स्थानीय जनताको आर्थिक विकासमा टेवा, आन्तरिक एवं बाह्य पर्यटनको विकास र सम्पदाको मूल्य मान्यता बारे जनमानसमा चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ । 


मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, पुस्तान्तरण तथा सम्बद्र्धनका लागि अघि सारिएको कार्यक्रममा महानगरका वडा १५, १८, १९, २०, २३ र २४ समेटिएका छन् । यी वडा भएर जोडिने बिश्व सम्पदा क्षेत्रको २.२ किलोमिटर दुरीभित्र करीब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने छ ।


सम्पदा पदमार्गको रुट ः


हनुमानढोका — काष्ठमण्डप — मरु गणेश — मरु हिटी — सन्तानेश्वर महादेव — मरुबही — मिच्याः गल्ली — बन्जाः हिटी — साः ९तेल मिल० — चस्वांद्वँ — दमाइ टोल — सुन्ता गल्ली — पाछै गल्ली — नरदेवी द्यःछेँ — आयुर्वेदिक अस्पताल — सामुदायिक ९लोकेश्वर० गल्ली — बुरांखेल — म्येछ्यों हिटी — तप्यँताँ — रञ्जित मल्ल सतः घाट — भेलु महादेव — डल्लु चौतारा — निपु हिटी (भीमसेन मन्दिर) — धिमे ल्वहं — चारा हिटी — भुइखेल हुँदै स्वयम्भू ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika