काठमाडौं । स्वयम्भु र पशुपति क्षेत्रका बाँदहरुमा झाडापखाला फैलाउने जीवाणु भेटिएको सेन्टर फर मनिक्युल डाइनामिक नेपाल (सिएमडएन) संस्थाले जनाएको छ ।
संस्थाका अनुसार क्याम्पिलो क्याक्टेरिया नामक जीवाणु भेटिएको हो । सो जीवाणु मानिसमा सर्ने खतरा रहेको र यसले आन्द्रको क्यान्सरसम्म हुने संभावना हुन्छ ।
सिएमडएन संस्थाले तीन महिना लगाएर सो क्षेत्रका बाँदरहरुमा अनुसन्धान थालेपछि यस्तो रिपोर्ट देखिएको बताएको छ । केही समय अघि सो क्षेत्रका बाँदरहरु विरामी परेको जानकारी पाएपछि अनुसन्धान थलिएको थियो ।
अनुसन्धानमा संग्लन डिएमडएनका मनिषा विष्टका अनुसार १ सय ११ नमूना परीक्षण गरेकोमा ६३ वटामा क्याम्पिलो ब्याक्टेरिया पोजेटिभ देखिएको थियो ।
बाँदरमा क्याम्पिलो ब्याक्टेरिया देखिनु जनस्वास्थ्यको हिसावले मानिसहरुलाई सचेत बन्ने अवसर हो ।
मानिसमा यो ब्याक्टेरियाले सामान्य झाडापखाला गराउनेदेखि अल्सर, ग्याष्ट्रिक र आन्द्राको क्यान्सरसम्म गराउने विष्टले बताएको छ ।
Categorized in स्वास्थ्य