४ भाद्र २०८३, बिहिबार
Header

स्वयम्भू भूइँखेलमा धर्मचक्र पार्क तथा पुलेस्वाँ पोखरी उद्घाटन


प्रकाशित: शुक्रवार, ११ चैत्र २०७८, १४ः५० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वडा १५ स्वयम्भू भूइँखेलमा धर्मचक्र पार्क तथा पुलेस्वाँ पोखरी उद्घाटन गरेका छन । 


शुक्रवार महानगर प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठ, वडा अध्यक्ष तथा महानगर प्रवक्ता ईश्वरमान डंगोल लगायतले सो पार्क तथ पुलेस्वाँ पोखरीको उद्घाटन गरेका थिए ।


सो समारोहमा प्रमुख शाक्यले महानगरका जनप्रतिनिधिले लिएको साझा सपनाहरु पुरा गरेको बताए । उनले आफूले गरेका कार्यहरुको प्रगतिहरु क्रमशः देखिँदै आएको पनि सुनाए । 


काठमाडौँलाई मानिसको बसोबास योग्य सांस्कृतिक सहर बनाउन लिएका नीति र बनाइएका कार्यक्रम क्रमशः सम्पन्न हुँदै गएको प्रमुख शाक्यको भनाई राखेका थिए ।


उपप्रमुख खड्गी श्रेष्ठ, संघीय संसद जीवनराम श्रेष्ठ, वडा अध्यक्ष डंगोलले उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए । कार्यक्रममा वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, आनन्द गौत्तम लगायत जनप्रतिनिधि र स्थानीयहरुको उपस्थिती रहेको थियो । 

 


करिब १ करोड ३६ रुपैयाँ केन्द्रीय बजेट र वडाको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ लागतमा पार्क र पोखरी निर्माण भएको हो । यसको सौन्दर्य तथा हरियाली प्रवर्धन गर्न महानगरले थप १ करोड रुपैयाँ विनियोजन गरेको छ । यो ठाउँमा पार्क बनाउन आजभन्दा २० बर्ष अघि नै सोच निर्माण गरिएको थियो ।


पार्कमा ३५ फिट अग्लो पोलमा राष्ट्रिय झण्डा राखिएको छ । पार्क उद्घाटनसँगै झण्डा पनि फहराइएको थियो । काठमाडौँ महानगरले सम्पदा क्षेत्रभित्र ३५ फिट अग्लो र अन्य कही सार्वजनिक क्षेत्रमा १०३ फिट अग्लो पोलमा राष्ट्रिय झण्डा राखिरहेको छ । यस क्रममा माइतीघर मण्डला, शान्ति वाटिकामा झण्डा राखिसकिएको छ । 


पलेस्वाँ पोखरीमा फुलेको कमलको फूल टिपेर स्वयम्भूमा चढाउने चलन थियो । यो १२ बर्षे सम्यक महादान गरिने पोखरी हो ।


पार्कको डिजाइन गर्दा सम्पदा क्षेत्रको पृष्ठभूमिलाई ध्यान दिइएको छ । कार्यक्रममा पूर्वाधार विकास विभागका प्रमुख राम थापाले करिब ३ रोपनी क्षेत्रफलमा बनेको यस पार्क धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षसँगै पर्यावरणीय पक्षलाई ध्यानमा राखेर पार्कको निर्माण भएको बताए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex