३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

स्वयम्भू भगवानपाउमा सहायता केन्द्र स्थापना


प्रकाशित: आईतबार, २ चैत्र २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । समुदाय–प्रहरी साझेदारी कामपा १५ वडा समितिले स्वयम्भू भगवानपाउमा सहायता केन्द्र (हेल्प डेस्क) स्थापना गरेको छ ।


शनिवार एक कार्यक्रमविच हेल्प डेस्कको संघीय सांसद जीवनराम श्रेष्ठले उद्घाटन गरेको थिए ।


कार्यक्रमका प्रमुख अथिती समेत रहेका सांसद श्रेष्ठले १५ वडाको हेल्प डेस्क एक नौलो किसिमको आयाम हो र यसले समाजमा नयाँ परिर्वतन ल्याउने विश्वास लिएको बताए ।


कोरोना भाइरस, डेंगु रोग संक्रमणबाट बच्न र बचाउन जनचेतना अभिबृद्धि तथा अन्य जानकारीको लागि उक्त सहायता केन्द्र स्थापना गरिएको हो ।


कार्यक्रमका सभापति काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले विश्व सम्पदा क्षेत्रअन्तर्गत स्वयम्भू क्षेत्रको विकासको क्रममा यो हेल्पडेक्सले अझ एउटा ईटा थप्ने काम गरेको बताए ।


‘यो हेल्प डेस्कले पर्यटकदेखि लिएर स्थानीयलाई सुचना आदान–प्रदान गर्नेछ ’डंगोलले भने, ‘यो सहायता केन्द्रले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वयम्भूको बारे सम्पूर्ण जानकारी दिन स्थापना गरेको हो ।’


कार्यक्रममा महागरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख डिएसपि लालध्वज सुवेदी, सामुदायिक स्वास्थ्य परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठ, चमति आयोजनाका प्रमुख रामबाबु महत्तो लगायतको सहभागिता थियो ।


समुदाय–प्रहरी साझेदारी कामपा १५ वडा समितिको अयोजना र सिम्रिक पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रा।लि।को सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रम समुदाय–प्रहरी साझेदारी कार्यक्रमका कार्यालय सचिव राजा शाक्यले सञ्चालन गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex