१३ बैशाख २०८१, बिहिबार
Header

स्वयम्भू क्षेत्रमा आधुनिक निर्माण सामग्री प्रयोग, १५ वडाद्वारा काम गर्न रोक


प्रकाशित: विहिवार, २ जेठ २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । विश्व सम्पदा स्वयम्भू क्षेत्रमा आधुनिक निर्माण सामग्रीको प्रयोग गरेपछि काठमाडौं महानगरपालिकाले निर्माण कार्य रोक्न पुरातत्व विभागलाई पत्राचार गरेको छ । 


स्वयम्भू स्तुप जाने पूर्बी भ¥याङ्तर्फ आधुनिक निर्माण सामाग्रीको प्रयोग गरेर पूर्वाधार बनाउने काम भएपछि स्वयम्भू क्षेत्रकै गरिमा आँच पुगेको भन्दै विरोध हुन थालेको छ । 


सम्पदा क्षेत्रमा यसरी आधुनिक सामग्री प्रयोगको आलोचना हुन थालेपछि महानगर प्रवक्ता एंवम १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले एक पत्र लेखि वडा कार्यालयसँगको समन्वय र शिफारिसमा मात्र प्रक्रिया अगाडि बढाउन विभागलाई अनुरोध गरेको छ । 


बैशाख ३१ गते लेखिएको सो पत्रमा नियमनकारी निकाय कसैसँग समन्वय नगरी आधुनिक निर्माण सामाग्रीको प्रयोग गरेर अघि बढाइएको संरचना बनाउने काम प्रक्रिया बिपरीत भएकोले रोक्का गरिएको पत्रमा उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD