८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

स्वयम्भूराज शाक्यको सांगीतिक प्रस्तुति हुँदै


प्रकाशित: आईतबार, १९ जेठ २०७६, २०ः४० बजे
- सुरजवीर बज्राचार्य

काठमाडौं । वरिष्ठ गायक स्वयम्भूराज शाक्यको एकल सांगीतिक प्रस्तुति “जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः” सांगीतिक साँझ यही शनिवार हुँदैछ ।

 

मंगल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम गायक शाक्यको जन्मस्थाल ललितपुरको हःखा टोलस्थित कोतमा आयोजना हुँने जानकारी आयोजिक पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । साँझको ५ बजे शुरु हुने उक्त कार्यक्रममा गायक शाक्यलाई संगीता शाक्य, नीशा देसार, सुमन कपाली, अनु शाक्य, प्रियंका शाक्य र चन्द्रमान शाक्यले साथ दिँदैछन् भने उक्त प्रस्तुतिमा भूपेन्द्र बज्राचार्यको संयोजनमा ८ जना वाद्यवादक संगीतकारको साथ रहनेछ ।

 

रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक÷गायिका र अर्को कोठामा प्रविधि र प्राविधिका साथ रेकर्ड गरिएको गीत “ओ प्रिय लिफः स्वयाः” निकै लोकप्रिय गीत हो भने यही गीतबाट यस कार्यक्रमको नाम राखिएको छ । यो गीत गायक स्वयम्भूराज शाक्य तथा गायिका  सपनाश्रीले ३ दशक अघि गाएको गीत हो ।

 

एकल सांगीतिक प्रस्तुतिमा मविवि शाह, दिनेश अधिकारी, वंशीधर बज्राचार्य, प्रकाश साय्मि, शाक्य सुरेन, चन्द्रमान शाक्य, तीर्थ माली, शान्त शाक्य, हेमन्त विवशका रचना समावेश हुनेछन् भने शाक्यका साथै नातिकाजी, तीर्थ माली, मनराजा नकर्मी, नरेन्द्र प्यासी, चन्द्रमान शाक्य, विरेन शाक्य, चन्द्रराज शर्माको संगीत सजिएको गीतहरु गुञ्जिनेछन् ।

 

थुगु ग्वसालय् मुख्य प्रायोजक जुजु वेयर्स, सह–प्रायोजक सम्झना लेब्ररेटोरी क्लिनिक प्रा.लि., हौगः, यल र होटल सारा श्री प्रा.लि, लुम्बिनी रहेको छ भने २४ क्यरेट, मानभवन, जावलाखेल, ललितपुरको पनि साथ रहेको छ । कार्यक्रम संचारकर्मी सुरजवीर बज्राचार्यले संचालन गर्नुहुनेछ ।

 

रेडियो नेपालका विशिष्ट श्रेणीका गायक शाक्य विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुहुन्छ । तिब्बत, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, जापान, हङकङ, बैंङ्ककमा सांगीतिक प्रस्तुति दिइसक्नु भएका गायक शाक्यको हालसम्म सार्वजनिक भएका ५ गीति संग्रहसहित २५० भन्दा बढी गीत छन् । यसभन्दा अघि ३ वटा एकल सांगीतिक प्रस्तुति दिइसक्नु भएका गायक शाक्यको यो प्रस्तुति दर्शकका लागि निःशुल्क आयोजना गरिएको पहिलो एकल प्रस्तुति हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex