८ बैशाख २०८१, शनिबार
Header

स्वयम्भूमा प्रहरी जवान मृत भेटिए, लिभिङमा रहेकी प्रेमिका पक्राउ


प्रकाशित: आईतबार, १ भाद्र २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । स्वयम्भूमा कार्यरत प्रहरी जवान प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन ।


महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत प्रहरी जवान ठगुन्ना मृत अवस्थामा भेटिएपछि लिभिङ टुगेदरमा बस्दै आएका नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलालाई प्रहरीले नियन्त्रणमा लिएका छन । 


प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ । प्रहरीका अनुसार ती महिलाले नै मध्यराति प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन । 


महिलाले प्रहरीलाई बताए अनुसार राती सामन्य विवाद भएपछि मर्छु भन्दै पासो लगाएका थिए । त्यसो नगर भन्दा आफूलाई मुक्का प्रहार गरेको र आफू बहोस भएकी थिए । 


तर पछि हेदा झुण्डिएको अवस्थामा देखिएको ती महिलाले प्रहरीलाई बताएका छन । डेढ वर्षदेखि सँगै बस्ँदै आएका जवान ठगुन्ना २० वर्षका हुन भने महिला ३० वर्षीया विवाहित हुन । उनको श्रीमानको मृत्यु भइसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD