२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

स्वयम्भूमा पुनर्निर्मित बुद्धाचार्य पुजारीका घरहरू हस्तान्तरण


प्रकाशित: मंगलवार, १४ बैशाख २०७८, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । स्वयम्भूमा पुनर्निर्मित बुद्धाचार्य पुजारीका घरहरू एक कार्यक्रमविच हस्तान्तरण गरिएको छ । 


२०७२ सालको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त हुने पुगेको स्वयम्भू परिसरस्थित काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारीहरूको निवासको पुनर्निर्माण कार्य सम्पन्न भएपछि सोमवार हस्तान्तरण गरएको हो ।  


काठमाडौं महानगरपालिका १५ वडा कार्यालयको नेतृत्वमा स्वयम्भू पुनर्निर्माण समितिले पुजारी परिवारका १७ वटा घर र कर्मराज महाविहार (गुम्बा) को पुनर्निर्माण गरेको थियो । 


यसको लागि आवश्यक बजेटेको व्यवस्था कर्मराज महाविहारका प्रमुख १७ औं अवतारी गुरु थिन्ले थाय दोर्जेज्यूले गरेका थिए । उनी र सुखावती फाउण्डेशनबाट प्राप्त भएको १३ करोड ५३ लाख रुपैयाको लागतबाट महाविहारको भवन र पुजारी परिवारका १७ वटा घरहरू पुनर्निर्माण गरिएको थियो । 


सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अहिले राजधानीमा कुनै जीर्ण सम्पदा पुनर्निर्माण गर्न थाल्यो कि विरोध गरिहाल्ने समूह सक्रिय भइरहेको बताउँदै यस्तो अवस्थामा पनि स्वयम्भू जस्तो विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिकस्थलमा विहार र पुजारी परिवारको घर पुनर्निर्माण सम्पन्न गर्न सक्नु अत्यन्तै ठूलो कुरा भएको बताए । 


प्रमुख अतिथि तथा सोही क्षेत्रका सांसद जीवनराम श्रेष्ठले स्वयम्भूलाई ‘मंकी टेम्पल’ भनेर भन्दा पनि स्वयम्भू नै भनेर परिचित गराउनुपर्ने विचार राख्दै यदि जनप्रतिनिधिहरू जुट्यो भने जस्तोसुकै जटिल कार्य पनि गर्न सकिँदो रहेछ भन्ने उदाहरण स्वयम्भूको यो पुनर्निर्माणले देखाएको भनाई राखे । 


स्वयम्भूका १७ वटा पुजारी घरलाई हाउस पुलिङ गरी निर्माण गरिएको हो । 


काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल, कार्यक्रमका सभापति स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष एवं वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।


सोही कार्यक्रममा कर्मराज विहारमा स्थापना गरिएको शिलापत्र अनावरण गर्दै पुनर्निर्माण कार्यको उद्घाटन गरिएको थियो । कार्यक्रममा हाल भारतको नयाँ दिल्लीमा रहनुभएका पूजनीय १७ औं कर्मपा थिन्ले थाय दोर्जेले पठाइएको सन्देश पनि सुनाइएको थियो भने कर्मपा विहारको इतिहास बारे सोही विहारका प्रतिनिधि स्याब्चु रिम्पोचेले चर्चा गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex