काठमाडौं । स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएका छन ।
महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर–१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका–६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ छ रहेका छन ।
बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको हो ।
उनीहरूमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन– २०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।
Categorized in समाज