२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

स्वयम्भूदेखि वसन्तपुरसम्म सम्पदा पदयात्रा


प्रकाशित: विहिवार, ६ बैशाख २०८०, १३ः२० बजे
- महानगरखवर

काठमाडौँ । विश्व सम्पदा दिवस २०२४ को अवसरमा काठमाडौं महानगरपालिका वडा १५ ले स्वयम्भूदेखि वसन्तपुरसम्म सम्पदा पदयात्रा सम्पन्न गरेको छ । 


वडाले स्वयम्भू भुइँखेलमा वृहत योग र स्वयम्भूदेखि वसन्तपुरसम्मको सम्पदा पदयात्रा आयोजना गरेको वडा अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिए । 


उनका अनुसार विहान साढे ४ बजे भेला भएर ६ बजेसम्म सामुहिक योग गरिएको थियो भने त्यसपछि सम्पदा पदयात्रा गरिएको थियो ।  


स्वयम्भूको भुइँखेलबाट सुरु भएको पदयात्रा चारा हिटी, धिमे ल्वहं, निपु हिटी (भीमसेन मन्दिर), डल्लु चौतारा, भेलु महादेव, रञ्जित मल्ल सतः घाट, तप्यँताँ, म्येछ्यों हिटी, बुरांखेल, सामुदायिक (लोकेश्वर) गल्ली, आयुर्वेदिक अस्पताल, नरदेवी द्यःछेँ, पाछै गल्ली, सुन्ता गल्ली, दमाइ टोल, चस्वांद्वँ, साः (तेल मिल), बन्जाः हिटि, मिच्याः गल्ली, मरुबहि, सन्तानेश्वर महादेव, मरु हिटि हुँदै मरु गणेश पुगेर समापन भएको थियो । 


स्वस्थ्य जीवनका लागि योग र सम्पदाको पहिचान प्रवर्धनका लागि पदयात्रा गरिएको वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए । 


उनले भने,‘ २२ सय मिटरका दुरीमा भएका २ वटा सम्पदा क्षेत्रका बिचमा दर्जनौँ भौतिक सम्पदा छन । ती हरेक सम्पदासँग अभौतिक क्रियाकलाप हुने गरेका छन् । स्थानीयबासीलाई यी सम्पदाको सम्बन्ध बुझाउन पदयात्रा गरिएको हो ।’


यो वर्ष ‘डिजास्टर एण्ड कन्फिन्ट, द लेन्थ अफ द भेनिस चार्टर’ नारासहित दिवसका कार्यक्रम आयोजना गरिएका छन ।


हरेक बर्ष अंग्रेजी महिनाको अप्रिल १८ तारिख इन्टरनेशनल डे फर मोनुमेन्ट्स एण्ड साइट्स अर्थात् बिश्व सम्पदा दिवसका रुपमा मनाउने गरिन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex