१४ बैशाख २०८१, शुक्रबार
Header

स्वयम्भुनाथ संरचना बचाउन विरोध प्रदर्शन


प्रकाशित: आईतवार, १९ पुष २०७७, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । विश्वसम्पदामा सुचीकृत संरचना भत्काउन लागेको भन्दै स्वयम्भुनाथ संरचना बचाउ अभियान मञ्चले विरोध प्रदर्शन गरेको छ ।


मञ्चले आइतबार स्वयम्भु क्षेत्रमै पुगेर विरोध प्रदर्शन गरेका हुन । कलंकी–चाबहिल सडक विस्तारको क्रममा सरकारले विश्वसम्पदा सूचीमा सूचीकृत हातेमणि र हजार बुद्ध सहतिको ७५ पिफट अग्लो विशाल नमुना बौधीचैत्य सहितको पर्खाल समेत भत्काउन लागेको भन्दै उक्त संरचना बचाउन ध्यानकर्षण गरिएको हो ।


विरोध प्रदर्शनमा सहभागी वक्ताहरूले स्वयम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्रको घुमाउने माने र साङ्गे तोङकु समेत भत्काउन लागेको र त्यसलाई तत्काल रोक्नुपर्ने बताए ।


उनीहरुले सोमबार मध्याह्न एक बजे पनि विरोध कार्यक्रम राखिएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD