२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

स्वतन्त्रता हलः जहाँ अमेरिकी स्वतन्त्रताको घोषणापत्र 


प्रकाशित: शुक्रबार, २५ साउन २०७५, १६ः२० बजे
- महानगरखबर

वर्षेनी जुलाई ४ का दिन अमेरिकामा स्वतन्त्रता दिवस मनाइने कुरा धेरैलाई थाहा छ, यो त्यो ऐतिहासिक दिन हो, जुन दिन संयुक्त राज्य अमेरिकामा स्वतान्त्रताको घोणणापत्र तयार भई घोषणा गरिएको थियोा । त्यो दिन सन् १७७६ को जुलाई ४ थियो ।

 
“हामी यी स्वतःस्पष्ट सत्यहरूमा अडिग छौँ कि सबै मानिसहरू बराबरीकै हैसियतमा जन्मिएका हुन्छन् र मानिसहरू सिर्जनाकर्ताद्वारा नै प्रदत्त जीवन, स्वतन्त्रता र खुसीका लागि लाग्ने जस्ता केही अभिन्न अधिकारहरूद्वारा सुसज्जित हुन्छन् । यसैको प्राप्तिका लागि मानिसहरूका बीच सरकार गठन गरियएको हुन्छ, जसले शासितहरूको सहमतिमा न्यायपूर्ण शक्ति प्राप्त गरेको हुन्छ । जब जब कुनै प्रकारको सरकारको स्वरूप यी प्राप्तिका लागि बाधक र विध्वंशक बन्दछ, त्यो बेला यसलाई बदल्दै र अन्त्य गर्दै जुन प्रकारले आफ्नो सुरक्षा र सुख सम्भव छ भनी लाग्दछ,  त्यस सिद्धान्तको आधारमा र त्यसअनुसारको रूप संगठित नयाँ  सरकार गठन गर्न अधिकार राख्दछ ।” अमेरिकी स्वतन्त्रताको घोषणाका यी शब्दावली विश्व प्रसिद्ध शब्दावलीमा मानिएको छ । 


यसपछि १७ सेप्टम्बर, १७८७ मा अमेरिकाको संविधान जारी भयो । यो नै विश्वको पहिलो लिखित संविधान हो । यसले राज्यको स्वरूप, नागरिकको अधिकार, शक्ति पृथक्कीकरणको सिद्धान्त, न्यायिक पुनरावलोकन जस्ता कुराहरू यसमा समावेश भए र दुनियाँभरका देशहरूका लागि संविधान बनाउन यो एक नमुना बन्यो । 


प्रथम विश्वयुद्ध पछि सन् १९१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति विलियम टाफ्टले यहाँ शान्ति स्थापनार्थ संघ (लिग टु इन्फोर्स पिस) स्थापना गरे । पछि यो नै लिग अफ नेसन्सको रूपमा अगाडि आयो र दोस्रो विश्वयुद्ध पछि संयुक्त राष्ट्र संघ बन्यो । 
यी ऐतिहासिक र विश्वभरका जनताका लागि प्रेरणास्पद कार्य भएको स्थल हो– अमेरिकाको स्वतन्त्रता हल (सभाकक्ष) । यसर्थ युनेस्कोले सन् १९७९ मै यस हल भएको भवनलाई विश्व सम्पदा सूचीमा सूचीकृत ग¥यो । 


संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वमा अवस्थित पेन्सिलभानिया राज्यको फिलाल्डेफिया शहरमा अमेरिकाको स्वतन्त्रताको हल रहेको छ । उपनिवेश कालमा पेन्सिलभानिया प्रान्तको संसद बस्नका लागि यो भवन बनी सन् १७५३ मा तयार भएको थियो । अहिले यो स्वतन्त्रता राष्ट्रिय ऐतिहासिक पार्कभित्र रहेको छ र त्यहीँको प्रशासनबाट सञ्चालित रहँदै आएको छ । 


जर्जियन शैलीमा बनाइएको स्वतन्त्रता हल भवनको मोहडा रातो ईंटाको रहेको छ । बीचको भागमा मिनार ठड्याई घण्टाघर बनाइएको छ । लमतन्ने टावरको गजुरसम्मको उचाइ जमिन तहबाट १६८ फिट र सवा ७ इञ्च रहेको छ । यसको डिजायन एडमण्ड वुल्ली र एन्ड्र् ह्यामिल्टनले गरेका हुन् । पेन्सिलभानियाको उपनिवेशकालीन व्यवस्थापिकाले यसका लागि किस्ता किस्ताका बजेट उपलब्ध गराएको हो । नपुग्दो गरी टुक्रा टुक्रामा पैसा उपलब्ध गराएकाले कतिपय भाग बीचमै बिग्री पुनः बनाउन समेत प¥यो । यो विधायिकी भवन बनाउनका लागि १७२९ मा फिलाल्डेफियाका जनताले निवेदन हालेका थिए, त्यसमा जनताको तर्फबाट २००० पाउण्ड योगदान पु¥याइने कुराको वचनबद्धता पनि थियो । त्यस पछि थमस लरेन्स, जोन कियर्सली, एन्ड्र् ह्यामिल्टनलगायतलाई यसको जिम्मेवारी दिइयो । सन् १७३० को अक्टोबर महिनामा चेस्टनट स्ट्रिटमा जग्गा किनियो । पछि कमिटीमै रहेकाहरूकै बीच पनि डिजायनका सम्बन्धमा विवाद उठ्यो । समग्रतामा बन्दा यो भवन कुनै राजा वा राज्यका तर्फबाट नभई जनस्तरकै सक्रियतामा बनेको हो । अन्ततः यो अमेरिकामा जनतन्त्र ल्याउनका लागि नै ऐतिहासिक भवन बन्न पुग्यो । सन् १७३२ देखि १७९९ सम्म यहाँ पेन्सिलभानियाको उपनिवेशकालीन प्रान्तीय सरकारको कार्यालय  बस्यो । 


सन् १७५२ मा सर आइज्याक नोरिसलाई त्यस घरमा घण्टाघर बनाउने कुरा सुझेछ । उसले थमस स्ट्रेचलाई यो कुराको जिम्मेवारी प्रदान ग¥यो । सन् १७५३ मा थमस स्ट्रेचले भवनको पश्चिमपट्टि चुनढुङ्गाको पर्खाले पिलर बनाई त्यसमाथि १४ फिटको काठको बाकस बनाई घडी राख्ने काम सम्पन्न ग¥यो । यो विशालकाय घडी सन् १८३० मा झिकियो । 


यस भवनको बीचको भाग मात्रै सुरुको हो, अन्य भागहरू र भित्री कक्षहरू विभिन्न चरणमा भत्काएर बनाइसकेको छ । 


यस स्वतन्त्रता हल भवनसँग जोडिएको अर्को मुख्य विषयवस्तु भनेको स्वतन्त्रता घण्टा (लिबर्टी बेल) पनि हो । पहिले यो काठको मिनारको तल्लो तलामा राखिएको थियो । सन् १७८० को दशकमा यो मिनार झिकिए पछि यसलाई ईंटको मिनारको माथिल्लो तलामा सारियो । सन् १८७६ मा यसलाई तलको कोठामा सारियो । सन् १९७६ मा यसलाई बाहिर नै राखेर प्रदर्शनमा राखियो जसलाई लिबर्टी बेल सेन्टर भनिन्छ । 


सन् १७७५ देखि १९८३ सम्म बेलायत अधीनस्थ उत्तर अमेरिकाका १३ उपनिवेशका प्रतिनिधिहरू सम्मिलित दोस्रो कन्टिनेन्टल कंग्रेसको मुख्य बैठक स्थल भनेको त्यस बेलाको यो स्टेट हाउस र अहिलेको स्वतन्त्रता हल भवन नै थियो । सन् १७७५ को जून १४ मा यस कन्टिनेन्टल कंग्रेसले जर्ज वाशिङ्टलाई कन्टिनेन्टल सेनाको प्रधान सेनापति तोक्यो । यही कंग्रेसले बेन्जामिन फ्रान्कलिनलाई पहिलो पोस्टमास्टर जनलर नियुक्त गरेको हो । यस क्रममा सन् १७७६ जुलाई ४ मा यही भवनमा स्वतन्त्रताको घोषणापत्रमा सही गरेर बेलायत अधीनस्थ १३ उपनिवेशहरूले बेलायतबाट स्वतन्त्रताको घोषणा गरेको हो । सन् १७७७ मा बेलायती सेना फिलाल्डेफियामा आए पछि कंग्रेसले उक्त भवन छोडेर पेन्सिलभानियाकै योर्कमा बैठक बस्न जानुप¥यो भने सन् १७७८ मा पुनः यसै स्थलमा आएर बैठक बस्न सम्भव भयो । 


हाल अमेरिकी क्रान्तिसँग जोडिएको यस भवन र स्वतन्त्रता घोषणा भएको चोकसमेतलाई घेरी २२ हेक्टर क्षेत्रफलमा फैलिएको पार्क निर्माण गरिएको छ । टिकट लिएर यसको अवलोकन गर्ने व्यवस्था अहिले रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex