१७ बैशाख २०८१, सोमबार
Header

स्व.जुठबहादर खड्गी ‘जेबी टुहुरे’ लाई जनगायकको उपाधि


प्रकाशित: बुुधवार, ६ भाद्र २०८०, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । सरकारले जनवादी गायक स्व.जुठबहादुर खड्गी ‘जेबी टुुहुुरे’ लाई जनगायकको उपाधि दिने निर्णय गरेको छ ।


सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना मन्त्री रेखा शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा टुहुरेलाई सो सम्मान दिने निर्णय गरेको जानकारी दिइन । 


बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको हो ।


जनगायक टुहुरेले प्रगतिशील, जनवादी, क्रान्तिकारी गीतहरु गाएर लोकतन्त्रको प्रति सचेतना जगाउने काम गरेका थिए । 


२०७८ साल भदौ १० गते ७८ वर्षको उमेरमा निधन भएको थियो । २००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा उनको जन्म भएो थियो ।


टुहुरेका आमा दिदी बहिनी, बसाइँ हिँड्नेको ताँतीलेु, आँधी खोलैलेु, चौंरी चर्ने ठाउँमा, छोराहरू हो लगायतको गीतहरु चर्चित छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD