९ भाद्र २०८३, मंगलबार
Header

स्लाइसमा लेदो भेटिएपछि बरुण वेभरेजलाई महानगरले तिरायो २ लाख 


प्रकाशित: आइतवार, १४ असोज २०८०, २२ः१० बजे
- महानगरखबर

काठमाडौँ । स्लाइसको वोतलमा कालो लेदो भेटिएपछि काठमाडौं महानगरले बरुण वेभरेजलाई २ लाख जरिवाना गरेको छ ।

 
उपभोक्ताको गुनासो आएपछि कालीमाटीमा विक्री हुँदै गरेको स्लाइसको वोतलमा कालो लेदो भेटिएको महानगरको कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाले जानकारी दिए । 


अनुगमन टोली वेभरेजको कार्यालय पेप्सीकोला पुुगी त्यहाँका अधिकारीहरुसँग बन्द स्लाइसको बोतलमा भेटिएको कालो पदार्थ देखाएर यसको गुण र अवस्थाका विषयमा प्रश्न गर्दा जवाफ पाउन नसकेपछि जरिवाना गरिएको हो । 


यससँगै टोलीले पेय पदार्थलाई प्याकेजिङ् गरिसकेपछि पनि रसायनिक र भौतिक गुणस्तर परीक्षण गर्न, यस लटमा उत्पादन भइसकेको पेय पदार्थ फिर्ता ल्याउनलगायत निर्देशन दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex