३२ आषाढ २०८२, बुधबार
Header

स्यस्यः समाज यल र ललितपुर- १६ वडा को संयुक्त स्वास्थ्य शिविरमा ४९२ जनाले सेवा लिए


प्रकाशित: आइतवार, ८ असार २०८२, १४ः१० बजे
- महानगरखबर

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा ललितपुर महानगरपालिका–१६ मा स्यस्यः समाज यला र वडा १६ को संयुक्त आयोजनामा एकदिने निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । 


शिविरमा ४९२ जनाले विभिन्न स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ । 


कार्यक्रममा मृत्युपछिको अङ्ग प्रत्यारोपणबारे जनचेतनामूलक सेमिनार पनि गरिएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चापागाईं को सक्रिय सहभागिता र टोलीको व्यवस्थापनमा शिविर सफलतापूर्वक सम्पन्न भयो।


स्वास्थ्य शिविरमा Cancer Primary Scanning, Gastroenterology & Liver, Orthopedic, General Surgery, Pediatrics, Plastic Surgery, General Physician, Eye Checkup लगायतका ९ विधामा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण र परामर्श दिइएको थियो।


शिविरको उद्घाटन समारोहमा स्वस्यः समाज यलाका अध्यक्ष नवीन मणि जोशी, समाजका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र विभिन्न जातीय/समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। । 


समाजका उपाध्यक्ष न्ह्ुछबहादुर नेमकुल स्वास्थ्य सेवामा सहकार्य गर्ने चिकित्सक, स्वयंसेवक र संस्थालाई धन्यवाद ज्ञापन गरे।


कार्यक्रमले स्वास्थ्य, शिक्षा, सामाजिक सहकार्य र राष्ट्रिय एकताको सन्देश दिएको आयोजक संस्थाले जनाएको छ ।


नेवा समुदायभित्र एकता र सामाजिक सेवाको भावनालाई आधार बनाउँदै स्थापना भएको स्यस्यः समाज यल अहिले अन्य जातीय समुदायसँग सहकार्य ललितपुरको समाजमा नवीन सोचका साथ अघि बढिरहेको छ । 
समाजले स्वास्थ्य, रक्तदान, सरसफाइ, शिक्षा लगायतका क्षेत्रमा निरन्तर क्रियाशीलता देखाउँदै आएको छ ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
budha jyanti 2569
maharjan complex