१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

स्मार्ट लाईसेन्स गुणस्तरीय नभएको विभागको निष्कर्ष


प्रकाशित: मंगलवार, १ माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । आउटसोर्सिङ कम्पनी मालिकाले इन्कर्पोरेट मार्फट छपाई गरेको स्मार्ट लाईसेन्स गुणस्तरीय नभएको यातायात व्यवस्था विभागले निष्कर्ष निकालेको छ । 


विभागको निष्कर्षपछि सो कम्पनीबाट हुने छपाई कार्य रोकिएको छ । अहिलेसम्म सो कम्पनीले साढे ४ लाख कार्ड छापिसकेको विभागले जनाएको छ । 


विभागमा महानिर्देशक लावण्य ढकालले सञ्चारमाध्यमलाई जानकरी दिए अनुसार सोचेजस्तो गुणस्तर नभएकोले विभागसँगै भएको मेसिनबाट छाप्ने तयारी भएको बताए पनि यस विषयमा निर्णय भने भएको छैन । 


अहिले छापिएको स्मार्ट लाईसेन्स ५ बर्षसम्म टिक्ने महानिर्देशक ढकालले बताए । 


हाल ४ लाख बढी सेवाग्राही अझै लाइसेन्सको प्रतीक्षामा रहेका लाइसेन्स नवीकरण वा प्राप्तिको सबै प्रक्रिया पूरा गरेको एक वर्षमा सेवाग्राहीको हातमा पुग्नेछ । 


सरकारले मालिकालाई सुरुको ३५ हजारमा प्रतिकार्ड १३ रुपैयाँ र बाँकीमा प्रतिकार्ड १५ रुपैयाँ भुक्तानी गर्ने भएको छ । 


महानिर्देशक ढकालका अनुसार माग धान्न दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्छ । तर विभागका मेसिनले दैनिक २ हजार पनि प्रिन्ट गर्न सकेको छैन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex