४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

स्मार्ट पार्किङको शुल्क संशोधन, आधा घण्टाको १५ मात्र !


प्रकाशित: आईतबार, २९ असार २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिको स्मार्ट पार्किङको मूल्यमा संशोधन गरेको छ । 


अब आधा घण्टा सम्म दुई पांग्रे सवारी पार्किङ गरे १५ लाग्ने भएको छ । यस अघि महानगरले दुई पांग्रे सवारी साधन पार्किङ गरेलगत्तै प्रतिघण्टा रु २५ लिँदै आएको थियो ।  


आधा घण्टासम्म पार्किङ गरे रु १५ लिने व्यवस्था गरेको छ र सोपछिको समय भने साविकै प्रतिघण्टाको दरले शुल्क लाग्ने महानगरले जनाएको छ ।  दुई पांग्रे सवारी साधनको मूल्यलाई लिएर विरोध हुँदै आएको थियो । 


आईतबार महानगरपालिका नगरसभाको पाँचौ अधिवेशनको बैठकले सो निर्णय गरेको हो ।


महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । 


बैठकले कामपा आर्थिक विधेयक, २०७६ मा गरिएको कर सम्बन्धी व्यवस्थालाई केही संशोधन गर्न राखिएको प्रस्तावलाई अनुमोदन गरेको छ । 


बैठकले कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा रहेको न्यायिक समितिले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित गरेको छ । उक्त प्रतिवेदन अनुसार कामपाको न्यायिक समितिमा यो वर्ष विभिन्न विषयमा कुल २७१ वटा उजुरी दर्ता भएकोमा १७६ को मुद्दा फछ्र्यौट भएको छ भने ९५ वटा विचाराधीन अवस्थामा रहेको छ । 


त्यस्तै नगरसभाको चौथो अधिवेशनमा विभिन्न वडाका सदस्यहरूले विभिन्न विषयमा दर्ता गरेका मागहरूलाई सम्बोधन गर्न कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनको अध्यक्षतामा गठन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन पनि बैठकले पारित गरेको छ । 


उक्त प्रतिवेदनमा कामपाका विभिन्न समितिहरूमा वडा सदस्यहरूलाई पनि सहभागी गराउने, नेपाल सरकारले प्रकाशित गरेको वरियताक्रममा वडा अध्यक्ष र वडा सदस्यहरूको स्थान समेत स्पष्ट पार्न नेपाल सरकारको ध्यान आकृष्ट गर्ने विषयमा सिफारिस गरिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika