६ जेठ २०८१, आइतबार
Header

स्मार्ट टेलिकमले इजी लोन अफर ल्यायो


प्रकाशित: मंगलवार, १५ माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । स्मार्ट टेलिकम कम्पनीले आफ्ना ग्राहकका लागि इजि लोन अफर योजना ल्याएको छ । 


कम्पनीले जारी विज्ञप्ती अनुसार अब स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स १ रुपैयाँ वा त्यसभन्दा कम भएको अवस्थामा १० रुपैयाँसम्म ब्यालेन्स प्राप्त गर्न सक्छन । 


ग्राहकले कम्पनीबाट पाउनले लोनले फोन गर्न, एसएमएस पठाउन, मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउन सक्ने छन  । 


लोन लिइएको रकम र सेवा शुल्क रिचार्ज गर्दा काटिने कम्पनीले जनाएको छ ।


इजी लोन अपर प्रयोग गर्न स्मार्ट सिमक कार्ड ६ महिना प्रयोग भईसकेको हुनु पर्नेछ । यस अन्तर्गत ग्राहकले रिर्चाज नगरेको खण्डमा आगमन कलहरु सहजै प्राप्त गर्न सकिनेछ ।

 
त्यसैगरी ग्राहकले नेट टिभि डाउनलोड गर्न सक्नेछ र सोमा आफ्नो मोवाईल नम्बरको प्रयोग गरेर कम मुल्यमा नेट टिभीको सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनएको छ । 


ग्राहकले यस अन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताको लागि २९ रुपैयाँ, १४ दिनको लागि ५२ रुपैयाँ तथा एक महिना को लागि ८७ रुपैयाँ तिरी नेट टिभिको सुविधा प्राप्तगर्न सक्ने छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD