१६ चैत्र २०८०, शुक्रबार
Header

स्थापित बहुउद्देश्यीयको बाह्रौ बार्षिक साधारणसभा सम्पन्न


प्रकाशित: आईतवार, १७ असोज २०७८, १९ः०० बजे
- केडिआर

काठमाडौं । स्थापित योजना बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको बाह्रौ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 


काठमाडौंको नयाँ बजारमा सम्पन्न सभाले संचालक समितिले प्रस्तुत गरेका विषय प्रस्तावलाई अनुमोदन गरेको  छ । 


संचालक समितिको तर्फबाट संस्थाका अध्यक्षले पेश प्रस्तुत गरेका प्रतिवेदन, नीति तथा कार्यक्रमहरु, कोषाध्यक्षले आ.ब. २०७७/०७८ को बार्षिक प्रतिवेदन, संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा, कोष तथा लाभांश वितरण प्रस्ताव पारित गरिएको छ ।


त्यसैगरी आ.ब. २०७८/०७९ को लागि लेखा परीक्षक नियुक्ती तथा नीजको पारिश्रमिक सम्बन्धमा, सभाबाट संचालक समितिको निर्णय, निर्णय पुस्तिकामा हस्तक्षर गर्न प्रतिनिधि तोक्न प्रस्तावलाई अनुमोदन गरिएको छ । 


संस्थाले खरिद गरिएको जग्गामा भवन निर्माण, बन्दाबन्दी (लकडाउन)मा दिएको ब्याज र हर्जनामा दिएको छुट अनुमोदन सभाले गरेको छ । 


संस्थाको आ.व. २०७७/०७८मा शेयर पूँजी ४ करोड ९४ लाख ७१ हजार ७ सय रुपियाँ, जगेडा तथा कोषहरु १ करोड २९ लाख १६ हजार ४९ रुपियाँ २१ पैसा, निक्षेप दायित्व २० करोड १८ लाख २७ हजार ३३ रुपियाँ ३८ पैसा रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD