४ भाद्र २०८३, बिहिबार
Header

स्थापितको उम्मेदवारी रद्ध गर्न माग गर्ने ४५ संस्थासँग आयोगले माग्यो स्पष्टीकरण


प्रकाशित: सोमवार, १९ बैशाख २०७९, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थपितविरुद्ध कारवाहीको माग गर्ने ४५ संस्थालाई निर्वाचन आयोगले जवाफ माग गरेको छ ।


आयोगले सोमवार स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग स्पष्टीकरण माग गरेको हो । 


आयोगले ४५ संस्थामा महिला पुर्नस्थापना केन्द्र (ओरेक) लगायतका संघसंस्थाहरु सँग तिन दिनभित्र लिखित जवाफ माग गरेको छ । आयोगका अनुसार सो मागपत्रमा प्रयोग गरिएका शव्दहरु आफैमा आचारसंहिता विपरित छ । 


केही दिनअघि एउटा कलेजमा भएको कार्यक्रममा स्थापितले महिलाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी रद्ध गर्न माग गरेका थिए ।


आयोगले स्थपितलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ । 


वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुव्र्यवहारसम्बन्धी प्रश्नमा भएको सवाल जवाफ भएका अभिव्यक्तिहरुमा स्थापित विरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । 


आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालका अनुसार स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो भन्ने बारे सोधिएको हो । 


प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका बारे आयोगले स्थापितलाई ‘तपाईंले यस्तो भन्नुभएको हो कि होइन ? भनेको भए आचारसंहिता विपरीत भयो कि भएन ?’ भन्ने प्रश्नको स्पष्टीकरण दिन भनेर स्थापितलाई पत्र पठाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex