२५ बैशाख २०८१, मंगलबार
Header

स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा दिए ऋण


प्रकाशित: बुधबार, २७ असार २०७५, १०ः२४ बजे
- महानगरखबर

काठमाडौं । शैक्षिक प्रमाणपत्रका अधारमा ऋण दिने सरकारको नीति अनुरुप अब स्थानीय सरकारले प्रमाणपत्रका अधारमा ऋण व्यवस्था गरेको छ ।

 
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुभारम्भ गरेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको हो ।

 
युवा लक्षित युवा स्वरोजगार (कृषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकम रु ७ लाखबाट ऋण उपलब्ध गराइएको हो । 


समाजशास्त्र स्नातक तह उत्तीर्ण गरेको युवा समुहका अगुवा  प्रेमबहादुर बगालेलाई प्रमाणपत्र धितो राखेर समूहका सदस्यलाई रु चार लाख रकम उपलब्ध गराइएको छ ।


बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि रु चार लाख ऋण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 


बगनासकाली–२ का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका लागि रु एक लाख ऋण लिएका छन् ।  सोही स्थानका सचिना अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरी तरकारी तथा माछापालनका लागि रु एक लाख ऋण पाए ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD