काठमाडौं । निर्वाचन आयोगले आजबाट नियमित ‘प्रेस ब्रिफिङ’ सुरु गरेको छ ।
आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि करिब १ करोड ८० लाख मतदाता हुने बताएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्माले आगामी वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष उमेर पुग्ने दिनलाई ‘कट अफ डेट’ मान्दा मतदाता नामावलीमा नाम समावेश भएका करिब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ ।’
आयोगका अनुसार २०७४ को निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम रहेको थियो । जसले पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको देखिन्छ ।

माघ २४ गते सरकारले २०७९ बैशाख ३० गतेको लागि निर्वाचन गरेपछि आयोगले कानुनतः १२० दिन समय पाउनु पर्नेमा समय प्रयाप्त नभएको प्रवक्ता शर्माले बताउँदै भने, यसरी निर्वाचन घोषणा गर्दा ९५ दिन मात्र प्राप्त भएको छ, आयोगलाई प्रयाप्त समय नभएपनि स्थानीय सदस्यका आसन्न निर्वाचनका लागि पूर्व तयारीका कार्यक्रम यही रुपमा सम्पदान गर्दै आईरहेका छौ, नेपाल सरकारले घोषणा गरेकै दिनमा आयोगले निर्वाचन सम्पन्न गर्ने गरी काम गर्छ ।’
यसैबीच फागुन ७ गते ‘निर्वाचन दिवस’ मनाउने कार्यक्रम तय गरेको आयोगले जनाएको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय