५ भाद्र २०८३, शुक्रबार
Header

स्थानीय निर्वाचनको लागि एक लाख म्यादी प्रहरी माग


प्रकाशित: मंगलवार, १ चैत्र २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि एक लाख म्यादी प्रहरीको भर्ना खुलेको छ । 


प्रहरी प्रधान कार्यालयले मंगलवार एक सुचना विज्ञापन गरी आगामी वैशाख ३० गते हुने चुनावको लागि म्यादी प्रहरीको भर्ना खुलाएको हो । 


काठमाडौं उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) र जिल्ला प्रहरी कार्यालय सबैबाट दरखास्त फारम पाइने र त्यही बुझाउने कार्यालयले जनाएको छ ।  


चैत ६ गतेदेखि ११ गते सम्ममा दरखास्त दिन सकिनेछ ।  म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ । 


म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ । 


म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको जारी सुचनामा उल्लेखित छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex