४ भाद्र २०८३, बिहिबार
Header

स्थानीय निर्वाचनका लागि आचार संहिता तयार


प्रकाशित: विहिवार, ३ चैत्र २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले आचार संहिता तयार पारेको छ । 


उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ । केही दिनमा लागु हुने आचार संहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ ।


आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार चैतको दोस्रो साताबाट लागू हुन सक्नेछ । 


आचार संहितामा जनप्रतिनिधिहरूले उम्मेदारी मनोनयन दर्ता गर्ने बेलासम्म बहाल रहेको पदबाट राजीनामा दिइसक्नु पर्ने, सामाजिक सञ्जालमा गर्न नहुने कुराहरू, राजनीतिक दलहरूले दुई जना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनु पर्ने र उनीहरूले हेलिकप्टर पनि प्रयोग गर्न पाउने लगायत उल्लेख छ ।


राजपत्रमा प्रकाशित आचार संहिता 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex