१२ श्रावण २०८१, शनिबार
Header

स्थानीय निकायलाई ३ खर्ब १२ अर्ब बढि अनुदान रकम पठाइदै (सुचि)


प्रकाशित: आइतवार, २० जेठ २०८१, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले अनुदानस्वरुप आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ पठाउने भएको छ ।


७५३ स्थानीय तह अन्तर्गत महानगरपालिकामा ११ अर्ब ७३ करोड ५ लाख, उपमहानरपालिकामा ११ अर्ब ६३ करोड ९२ लाख र नगरपालिकामा १ खर्ब ४२ अर्ब ५२ करोड रुपैयाँ विनियोजन भएको छ । 


त्यसैगरी, गाउँपालिकामा १ खर्ब ४६ अर्ब ५२ करोड रुपैयाँ पठाइने छ । स्थानीय तहमा जाने अनुदानमध्ये वित्तीय समानीकरण अनुदान कुल ८८ अर्ब रुपैयाँ रहेको छ । 


सशर्त अनुदान २ खर्ब ८ अर्ब रुपैयाँ रहेको भने विशेष अनुदान ८ खर्ब ४० अर्ब र समपुरक अनुदान ७ अर्ब रुपैयाँ जाने अर्थ मन्त्रालयले जनाएको छ ।


समानीकरण अनुदानतर्फ महानगरपालिकामा २ अर्ब ५५ करोड, उपमहानगरपालिकामा ३ अर्ब १४ करोड, नगरपालिकामा ३८ अर्ब ४२ करोड र गाउँपालिकाहरुमा ४३ अर्ब ८८ करोड रुपैयाँ जाने छ ।


सुचिसहितः 

 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex