काठमाडौं । निर्वाचन आयोगमा आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनको लागि २५ वटा दलहरुले दर्ता गरेका छन ।
आयोगले आइतवार एक सुचना जारी गरी २६ निवेदन मध्ये २५ वटा दल दर्ता भएको आयोगले जनाएको छ । आयोगले दल दर्ताको लागि असोज १० देखि १६ गतेसम्म दिइएको थियो ।
यसअघि सार्वजनिक निर्वाचन तालिका अनुसार अब मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
सोही दिन बेलुका ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।
दल दर्ता सुचिः


Categorized in स्थानिय