५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

स्थानीय तहको निर्वाचनमा मतपत्र छुट्टाछुट्टै गर्न आयोगको प्रस्ताव


प्रकाशित: शनिवार, ५ माघ २०८१, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ ।

 
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी ऐनमा उक्त प्रस्ताव राखिएकोले सो प्रस्ताव गरेका हुन । शनिबार धुलिखेलमा आयोजित एक कार्यक्रममा उनले गत मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचन भएको प्रयोगमा आफुहरु सफल भएको उदाहरण दिनै प्रमुख थपलियाले सो कुरा बताएका हुन ।

 
‘स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेछ भन्ने ऐनमा नै छ । त्यो पास भए आयोगलाई बाध्यता हुन्छ,’ उनले भने ।


साथै, उनले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई पनि तलमाथि गर्न सकिने पनि उल्लेख गरे । 


उनले छिमेकी देश भारतको उदाहरण दिँदै स्थानीय तहको निर्वाचन प्रदेशले गराउन सक्ने बताए । 


‘अहिलेको कानुनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो छ । अमेरिकामा सबै त्यहाँ स्टेटले चुनाव गराउँछ । स्थानीय तहको चुनाव भारतमा त्यहाँको स्टेटले गर्दछ । हामी किन नगर्ने ?,’ उनले भने ।

 

18 January 2025, Saturday

asteriskhubs
Home Page Bottom Second


maharjan complex