काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि कार्यक्रम स्वीकृत गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
सोही दिन बेलुकी ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने जनाएको छ ।
त्यसैगरी, मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन पाइने र सोही दिन दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गर्ने आयोगको कार्यक्रम छ ।
आयोगका अनुसार मंसिर ४ गते ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
त्यसैगरी, मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन भने दिउँसो १ बजेदेखि ३ बजेसम्ममा अन्तिम नामावली प्रकाशन हुनेछ ।
३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागु हुने आयोगले जनाएको छ ।
मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुने आयोगले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
हेरौं आयोगको विज्ञप्तीः

Categorized in स्थानिय