१३ बैशाख २०८१, बिहिबार
Header

स्थानीय तथा अभियान्ताले खुलामञ्चको बार भत्काए, कालोपत्र बन्द गराए (भिडियो)


प्रकाशित: आईतबार, १९ असोज २०७६, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । खुलामञ्चमा काठमाडौं महानगरपालिकाले कालोपत्र गरेपछि स्थानीय बासिन्दा तथा अभिान्ताले खुलामञ्चको बार भत्काईदिएका छन । 


उनीहरुले कालोपत्रको काम पनि बन्द गराएका छन । शनिवार रातीदेखि दशैंको भीडभाडलाई छली धमाधम कालोपत्र गर्न थालेपछि आक्रोशित स्थानीय तथा अभियान्ताहरुले विरोध गरेका हुन । 


महानगरपालिकाले धुलो धुवाँमुक्त बनाउने भन्दै कालोपत्र गरेको बताएपनि अभियान्ताहरुले यो खुलामञ्च अतिक्रमणको अर्को रुप भएको र अस्यायी बसपार्कलाई स्थायी रुप दिन खोजेको बताएका छन । 


खुलामञ्च बचाउ अभियानले शनिवार रातीनै विज्ञप्ती जारी कालोपत्रि नरोके कडा आन्दोलन चेतावनी समेत दिएको थिए । 


खुलामञ्चमा कालोपत्र भईरहेको समाचार सार्वजनिक भए लगत्तै आईतबार विहान सरकोकारवालाहरु, सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित खुलामञ्च पुगेका थिए । 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD