काठमाडौं । स्थानीयवासीको विरोधको विच प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन् ।
प्रम ओलीले कीर्तिपुर नगरपालिका स्थित चोभारमा साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाह निर्माणको शिलान्यास गरिएको हो ।
बन्दरगाह सञ्चालन भए स्थानीयस्तरमा रोजगारको सिर्जना हुने प्रधानमन्त्री ओलीले शिलान्यासको क्रममा बताए ।
प्रधानमन्त्री ओलीले यो बन्दरगाह निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने दावी गरेका छन ।
प्रम ओलीका अनुसार दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाह उपयोग हुनेछ ।
उनले स्थानीयवासीका मागहरु तथा गुनासाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।
शिलान्यास अघि सयौंको संख्यामा स्थानीवासीहरु प्रदर्शनमा उत्रेका थिए । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन केही प्रदर्र्शनकारीहरुलाई पक्राउ समेत गरेको थियो ।
Categorized in समाज