१३ बैशाख २०८१, बिहिबार
Header

स्ट्यान्डर्ड चार्टर्डका सिईओले ३ करोड ९० लाख बुझे, अरुले कति ?


प्रकाशित: मंगलवार, २९ पुष २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सिईओ)ले ३ करोड ९० लाख ८२ हजार रूपैयाँ बुझेका छन ।  


तलब भत्ता र नाफाबाट पाइने बोनससहित गरेर उक्त रकम बुझेका चार्टर्डका सिईओ बाहेक अरुले सिईओले कति बुझ्ने गरेका छन त ?


नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नाफाबाट बोनसबाहेक ३ करोड ६ लाख रूपैयाँ बुझेका छन भने बैंक अफ काठमाण्डूका सिईओ शोभनदेव पन्तले पनि एक वर्षमा २ करोड ३२ लाख बुझेका छन ।


त्यसैगरी बढि तलब सुविधा बुझ्नेमा प्रभु बैंकका अशोक शेरचन रहेका छन । उनले २ करोड २९ लाख रुपैयाँ बुझेका छन । 


एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी रोशनकुमार न्यौपानेले २ करोड १३ लाख बुझ्दा कुमारी बैंकका सुरेन्द्र भण्डारीले २ करोड १४ लाख रुपैयाँ सुविधा बुझेका छन । 


सानिमा बैंकका सिईओ भुवन दाहालले सानिमा बैंकबाट २ करोड ८ लाख रुपैयाँ तलब सुविधा प्राप्त गरेका छन भने नविलका अनिल शाहले एक करोड ९८ लाख बुझेका छन । 


जनता बैंकका तत्कालिन प्रमुख कार्यकारी पर्शुराम कुँवर क्षेत्रीले एक वर्षमा एक करोड ८० लाख रुपैयाँ पारिश्रमिक बुझेका छन । 


एभरेष्ट बैंकले प्रमुख कार्यकारीसहित पाँचजना  उनीहरुले कुल ४ करोड ११ लाख रुपैयाँ बुझेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।


ग्लोबल आइएमइ बैंकका अघिल्लो प्रमुख कार्यकारी जनक शर्मा पौडेल र कामु प्रमुख महेश शर्मा ढकालले ३ करोड ७८ लाख रुपैयाँ बुझेको देखाएको छ ।


सिटिजन्स बैंकले गत वर्ष दुईजना प्रमुख कार्यकारीलाई कुल १ करोड ७९ लाख रूपैयाँ सुविधा भुक्तानी गरेको छ । बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले १ करोड ४१ लाख रूपैयाँ तलब सुविधा बुझेका छन्।


लक्ष्मी बैंकले पनि गत वर्ष सुदेश खालिङ र अजय शाहलाई गरेर कुल एक करोड २१ लाख भुक्तानी गरेको छ । माछापुच्छ्रे बैंकका सुमन शर्माले एक करोड १७ लाख रुपैयाँ बुझेका छन भने मेगा बैंककी अनुपमा खुञ्जेलीले एक करोड १४ लाख रुपैयाँ पारिश्रमिक लिएकी छन । 


प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धर हुन्। उनले तलब भत्ता गरेर एक करोड ९ लाख रूपैयाँ बुझेका छन ।  


सरकारी बैंक कृषि विकास बैंकले अनिलकुमार उपाध्यायलाई साढे ३७ लाख दिएको छ भने नेपाल बैंकले ३० लाख भुक्तानी गरेको छ ।


नेपालमा हाल २७ वाणिज्य बैंक छन ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD