काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख राणा नियुक्त भएका छन् ।
बैंकको सोमवार बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई सीईओमा नियुक्त गरेको हो । उनले सन् २०२५ जनवरी १ देखि राणाले कार्यभार सम्हाल्ने छन् ।
नायव प्रमुख कार्यकारी अधिकृत रहेका राणा ३० वर्षदेखि स्ट्याण्डर्ड चार्टर्ड बैंकमै कार्यरत छन् ।
राणा दिवंगत राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी छोरी श्रुती शाहका श्रीमान् हुन् ।
विदेशी संयुक्त लगानीको यो बैंकमा स्थापनाको ३७ वर्षपछि पहिलो पटक नेपाली मूलका राणा सीईओ बनेका हुन् ।
Categorized in बैंक