१५ बैशाख २०८१, शनिबार
Header

स्टोनको व्यापारले बनिन एक महिला अरबपति 


प्रकाशित: मंगलबार, २९ जेठ २०७५, १०ः४२ बजे
- जेम्सज्वेलरीखबर

काडमाडौं । केन्ड्रा स्कट डिजाईन कम्पनी जसले विश्वबजारमा स्टोनको आकर्षक गहनाको व्यापार गर्दछ । अमेरिकी महिला केन्ड्राले सुरुवाती व्यापार ५ सय डलरबाट सुरु गरेकी थिइन तर अहिले उनको कम्पनी १ अर्व डलर रहेको छ भने निजी सम्पती ५ सय मिलियन डलर छ ।

 
आखिर उनले कसरी यतिका सम्पती जोडिन त ? उनले २८ बर्षको उमेरमा स्टोनबाट आकर्षक डिजाईन तयार पारी घर–घरमा बेच्न थालिन् जुन एकमदै सफल भयो ।

 
ज्वेलरी विजनेशको स्टार्ट–अपको एक आईडियाले उनलाई सफल तुल्यायो । बजारमा या त एकमदै महंगो गहनाहरु पाईन्थयो या एकदमै घटिया खालको त्यसैले उनले विचको आईडिया निकालेर व्यापार अघि बढायो ।

 
उनले मणि या स्टोनको गुणस्तरीय डिजाईनमा गहना बनाउन थाले जसमा सजिलै महिलाहरुले आफूलाई सुहाउने डिजनाईनमा सस्तोमा पनि किन्न सक्थ्यो ।

 
सुरुवातमा उनले थोकमा मात्र गहना विक्री गर्न थाल्यो । पसलहरुलाई अडर अनुसार गहनाहरु सप्लाई गर्दै गयो  र बिजनेशको आकार पनि बढ्दै गयो ।

 
सन् २०१० मा यो कम्पनी थोकबाट खदुरा कम्पनीमा परिणत भयो । पहिलो शाखा आस्टिनमा खुल्यो र अरु गहना पसल भन्दा फरक रुपमा थियो ।

 
आज यो कम्पनीमा २००० कर्मचारी छन जसमा ९६ प्रतिशत महिला रहेका छन । विश्वभरमा ८० वटा रिटेल छ र एक वेवसाईट जसको माध्यबाट विश्वभरमा केन्ड्रा कम्पनीको गहना पुग्दछ ।

 
सन् २०१७ फोब्र्स म्यागेजिनको सुचिमा अमेरिकामा ३६ औं अमेरिकी महिला धनीको सुचीमा परेको थिईन ।

 
वीवीसी
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD