१६ चैत्र २०८०, शुक्रबार
Header

स्कुटीको डिकीमा लुकाई राखेको ६१ हजार अमेरिकी डलरसहित २ जना पक्राउ


प्रकाशित: बुधबार, १३ भाद्र २०७५, १६ः३५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको ठमेलबाट स्कुटीको डिकीमा लुकाई राखेको अमेरिकी डलर ६१ हजार ६ सय २० सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 


विदेशी मुद्राको अवैध कारोवार भईरहेको खवर प्रहरीले पाएपछि महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको टोलीले बा.९१प नम्बरको ४२४७ को स्कुटी चेकजाँच गर्ने क्रममा सो रकम भेटिएको हो । 


पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका– १७ घर भएका ३५ वर्षीय अम्मर विश्वकर्मा र पूर्वी रुकुम सिस्ने गाउँपालिका–२ घर भएका २९ वर्षीय धनबहादुर खड्का रहेका छन् । 


प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD