काठमाडौं । स्कुटर प्रयोग गरी पैदलयात्रीको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं मैतीदेवी बस्ने रौतहट यमुनामाई गाउँपालिका—६ का २४ वर्षीय यासिफ शेखलाई १ तोला ३१ लालको सुनको सिक्रीसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं पुरानो बानेश्वर हाईट सेतो पुल नजिकबाट सोही ठाउँ बस्ने पैदलयात्री उदयपुर कटारी नगरपालिका—३ की २१ वर्षीया यमुका राईले घाँटीमा लगाएको सुनको सिक्री बैशाख १६ गते लुटपाट भएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले लुटेराको खोजी गर्ने क्रममा चोरी गरेको सुनको सिक्री तथा चोरी गर्न प्रयोग गरेको बा.६५ प ४७४५ नम्बरको स्कुटर सहित शेखलाई बुधबार मैतीदेवीबाट पक्राउ गरेको हो ।
शेखलाई आवश्यक कानुनी कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।
Categorized in राष्ट्रिय