३१ बैशाख २०८१, सोमबार
Header

स्कुटर प्रयोग गरी चाँदीको गहना चोरी गर्ने २ पक्राउ


प्रकाशित: आईतबार, ६ जेठ २०७५, २१ः०८ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । स्कुटरमा लुकाईछिपाई विभिन्न चाँदीको गहनाहरु भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।


मोरङ जिल्ल जहदा गाँउपालिका–४ बस्ने २४ बर्षीय चन्दन शाह र कटहरी गाउँपालिका–४ बस्ने २३ बर्षीय पिन्टु साहले लुकाई– छिपाई ल्याएको चाँदीको औंठी २३ थान, चाँदीको पाउजु ३ जोर, चाँदीको रिङ २ वटा, चाँदीको साना टुक्रा समेत गरी करिब ५ सय ग्राम चाँदीका सामान सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।


बिराटनगर महानगरपालिका–१७ मटेरुवास्थित  भारतबाट नेपालतर्फ आउँदै गरेको को.८ प ७८६२ नम्बरको स्कुटर चेक गर्ने क्रममा उनीहरुको साथमा उक्त सामान बरामद भएको हो ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकोछ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD