काठमाडौं । भक्तपुरको गठ्ठाघरमा विहिवर दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि दिनभर तनाव देखिएको थियो ।
दिउँसो १ः४० बजे कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिदाँ स्कुटर चालकको घटनास्थमै मृत्यु भएको थियो ।
स्कुटर चालकको पहिचान भने पहिचान खुल्न बाँकी रहेको छ ।
यस अघि प्रहरीले स्कुटर चालक दोलखाको मोलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली हुन भने पनि सुष्मा प्रहरीको सम्पर्कमा आएपछि सो मृतको पहिचान खुल्न नसकेको हो । एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै प्रहरीकहाँ आएको उनले बताए। तर पछि सुष्मा नेपाली नै सम्पर्कमा आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको हो।
सो घट्ना पछि त्यहाँ प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले घट्नाको विरोध गर्दै दोषीलाई कार्वाही गर्नु पर्ने माग राखेका थिए ।
प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन । प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको थियो ।
घटनास्थलबाट शव शव पोष्टमर्टमको लागि महाराजगस्थित शिक्षण अस्पताल लगिएको छ ।
ट्रक चालक दुर्घटनापछि फरार छन । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Categorized in समाज