७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सौर्य विमान दुर्घट्नामा १८ जनाको मृत्यु


प्रकाशित: बुधवार, ९ साउन २०८१, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । 


बुधवार विहान विमानस्थल परिसर नजिकै भएको सो दुर्घटनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । 
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।


मृतकको पहिचानसहित विस्तृत विवरण भने आउन बाँकी रहेको छ । 


बुधवार विहान ११ बजेर ११ मिनेनमा सौर्यको ९ एन–एएमईरसीआरजे २०० कलसाइनको जहाज दुर्घट्नमा परको हो । 


नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको हो । 


उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको थियो । जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो।


सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत ९सी–चेक०का लागि पोखरा जाने क्रममा थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex