काठमाडौ । आज बिहान सोलुखुम्बुमा जीप दुर्घटना हुँदा मृत्यु भएको ६ जनाको पहिचान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जीप चालकसहित ६ सनाखत भएको छ । मृत्यु हुनेहरुमा उदयपुर सिरिसे– ८ बस्ने २१ वर्षे कुन्साङ तामाङ, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राई रहेका छन ।
यसैगरी खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ बस्ने ३५ वर्षीया उर्मिला बास्तोला र सोही ठाउँकी २५ वर्षीया सुशीला खड्काको पनि दुर्घटनामा मृत्यु भएको हो ।
दुर्घटनामा भिमबहादुर खड्काकी छोरी अन्दाजी ७ वर्षीया बालिका सुषमा खड्काको अवस्था गम्भीर छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in समाज