काठमाडौं । सोलुखुम्बमा आज विहानै ४ रेक्टर भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोलुखुम्बु जिल्लाको गोली आसपास केन्द्रविन्दु भएर बिहान ०७ः०७ भूकम्प जाँदा धक्का महसुस भएको हो ।
केन्द्रका अनुसार, यो परकम्प नभएर नयाँ भूकम्प भएको जनाएको छ ।
यसअघि साउन २९ गते दोलखा केन्द्रविन्दु भएर ४.३ र २४ साउनमा म्याग्दी केन्द्रविन्दु भएर ४.७ रेक्टरको भूकम्प गएको थियो ।
Categorized in समाज