१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सोमवार हाईड्रोपावर कम्पनीहरुको शेयर मूल्यमा बृद्धि


प्रकाशित: सोमवार, २६ पुस २०७८, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । सोमवारको शेयर बजारमा हाईड्रोपावर कम्पनीहरुको शेयर मूल्यमा बृद्धि भएको छ । 


भोटेकोशी जलविद्युत आयोजनामा सबैभन्दा बढि मूल्य १० प्रतिशतले बढेर २८५ रुपैयाँमा पुगेको छ भने युनियन हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर २८५ रुपैयाँ ३० पैसा पुगेका छ । 


यसैगरी खानीखोला हाइड्रोपावरको ८ प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको छ भने हिमालय उर्जा विकास कम्पनीको ८ प्रतिशतले बढेर ४९८ रुपैयाँ पुगेको छ । 


रुरु जलविद्युत्को करिब ७ प्रतिशतले बढेर १०४० रुपैयाँ र जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६.५८ प्रतिशतले बढेर ३४० रुपैयाँ पुगेको छ । 


फाईनानन्सहरुमा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ । गोर्खाज फाइनान्सको ७ प्रतिशतले बढेर ८२९ रुपैयाँ, नेशनल लाइफको पनि करिब ७ प्रतिशतले बढेर १०८० रुपैयाँ पुगेको छ भने एनएमबी म्युचअल फण्डको शेयर ६ प्रतिशतले बढेर १२ रुपैयाँ ९७ पैसा पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex