१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सोमवार नागरिक अगुवाहरुको बालुवाटारमा मार्चपास


प्रकाशित: शनिवार, १० माघ २०७७, १५ः३० बजे
- महानगरखवर

काठमाडौं । नागरिक समाजले माघ १२ गते सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा मार्चपास गर्ने भएका छन ।

 
नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले संसद विघटनको विरोधमा बालुवाटारमा प्रदर्शन कार्यक्रम हुने गरिएको जानकारी दिएका छन ।

 
दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ ।


मार्चपासका क्रममा कलात्मक प्रस्तुति पनि हुने छन । संसद विघटन र सबै प्रकारका प्रतिगमनको विरुद्ध कार्यक्रममा सहभागिताका लागि कवि, लेखक, कलाकार,संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवमं नागरिक अभियन्तालाई अनुरोध गरिएको छ ।


नागरसामाजले संसद विघटन लगत्तै विभिन्न चरणको आन्दोलन गर्दै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex