६ जेठ २०८१, आइतबार
Header

सोमवारदेखि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोवाईल ब्लक हुने


प्रकाशित: आइतवार, १९ कातिक २०८०, १३ः०६ बजे
- महानगरखबर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (सोमबार) देखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । 


मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणालीमा दर्ता नभएका मोवाईल फोनमा कुनै पनि सिम नचल्ने गरी ब्लक गर्ने प्राधिकरणले जनाएको छ । 


प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुनेछन प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । 


एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड नचल्ने र ती फोनहरु ब्लक हुने उनले जानकारी दिए । 


प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो । 


प्राधिकरणका अध्यक्ष खनालका अनुसार सुरूमा हाइ रेन्ज का मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछन । सोमवार भोलिमात्रै ८ सयदेखि एक हजार ह्यान्डसेट ब्लक हुने देखिएको अध्यक्ष खनाल बताउछन । 


विशेष हाइ रेन्जका मोबाइल जस्तै आइफोन, वान–प्लस, सामसङ कम्पनीका मोबाइल सेट पर्ने देखिन्छ । प्रणालीमा दर्ता नभएका ह्यान्डसेटहरू क्रमशः दैनिक रूपमा ब्लक गर्दै जाने उनले बताए । 


प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो ।  


तपाईंको फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ । 


यसको लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर ८३०६३ डायल गरेर पत्ता लगाउन सकिन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD