काठमाडौं । मौसमविद्ले सोमबार मौसममा क्रमिक सुधार हुने बताएका छन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आईतबार उपत्यका लगायत विभिन्न क्षेत्रमा मौसम बदली बर्षा हुने भएपनि सोमबारदेखि मौसमा सुधार हुने अनुमान गरिएको छ ।
महाशाखाले सामन्यत मौसमको पुर्वअनुमान तीन दिनसम्म मात्र गर्न सक्ने भएकोले दशैंमा ठूलो पानी पर्छ कि भनेर अहिले भन्न नसकिने अवस्था रहेको जनाएको छ ।
महाशाखाकी मौसमविद मञ्जु बासीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार अहिले पनि पर्ने सिस्टम अनुसार सोमबार मौसमा सुधार देखिने छ ।
नेपालबाट मनसुन बाहिरीनसकेकाले वर्षाको सम्भावना भने कायमै रहने मौसमविद भनाई रहेको छ तर अहिले भइरहेको जस्तो ठूलो वर्षा वा पूर्ण बदलीको अवस्था भने नहुने अनुमान गरिएको छ ।
मंगलबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ ।
Categorized in राष्ट्रिय